पाँचदलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ : नेता सतार

पाेखरा | कात्तिक २२, २०७९

पाँचदलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ : नेता सतार

पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ । 

 

मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । 

 

नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।

 

अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती  गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाइ छ । 

 

जनगणना–२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

 

नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उहाँको भनाइ छ । 

 

सो अवसरमा नेकपा माओवादी (केन्द्र)  गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुविदा खातुनले  मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गर्नुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्